Odapalika - The Fourth Estate - चौथो अंग
१६ वर्षपछि पर्दामा निरुता सिंह र उत्तम प्रधानको जोडी

काठमाडौँ । अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको जोडी नेपाली चलचित्र क्षेत्रमा सुपरहिट जोडी हो । सफल चलचित्रमा अभिनय गरेको यो जोडी १६ वर्षपछि फेरि सँगै देखिएका छन् । 

उत्तम र निरुताले ‘यो जुनी यस्तै भो’मा अभिनय गरेका छन्।  रचनाकार बबी लिम्बूले आफ्नो स्वर्गीय श्रीमानप्रति समर्पित गरेर कोरेका शब्दमा हरि लम्सालको संगीत र केशव भावुकको स्वर रहेको छ । 

कर्णप्रिय अडियोको भिडियो निकै भावुक बनेको छ। मिराज अर्यालले निर्देशन गरेको भिडियोमा उत्तम र निरुताको साथमा यशोधा रुचाल र आलोक अर्यालको पनि अभिनय छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update