Odapalika - The Fourth Estate - चौथो अंग
आजदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशका हुनुपर्छ सचेत 
फाइल तस्बिर

काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि भारी वर्षा हुने भन्दै सबैलाई सचेत गराएको छ । 

यही असोज १६ गते बुधबारदेखि बामती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा एवं बिहीबार राति कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान रहेको भन्दै प्राधिकरणले वर्षा हुने क्षेत्रका सबैलाई सचेत गराएको छ । साथै यो वर्षा असोज १८ गतेसम्म रहने सम्भावना प्राधिकरणको भनाइ छ ।

असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमीन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासि बाढी आउन सक्ने जोखिम यथावतै रहेको भन्दै प्राधिकरणले यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्नुहुन, ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानमा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्नुहुन र नदी किनाराका बस्तीमा एक्कासि बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाउन र पहिरोको जोखिम भएका स्थानका व्यक्तिहरू सुरक्षित स्थानमा स्थानान्तरण हुनु सबैमा अनुरोध पनि छ ।

जिल्ला विपत् व्यवस्थापन समिति र स्थानीय विपत् व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरू, यातायात व्यवसायीहरू, ट्राफिक प्रहरीहरू, यात्रुहरू र नदी किनारका बासिन्दाहरूले सोही अनुसार सावधानी अपनाउन प्राधिकरणको आग्रह छ । 
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update