Odapalika - The Fourth Estate - चौथो अंग
राहतका लागि हारगुहार गर्दै पनौती नगरपालिका, १२२३ परिवार विस्थापित

काठमाडौँ । असोज १० देखि परेको अविरल वर्षका कारण २० जनाको ज्यान गएको र १२१३ घर परिवार पूर्ण रुपमा विस्थापित भएपछि पनौती नगरपालिकाले सहयोगका लागि सहयोगी मनहरुलाई आह्वान गरेको छ । 

राहत र उद्धारको कामलाई संगसंगै द्रुत गतिमा अघि वढाइरहेको नगरपालिकाले नगरको विपत कोषमा सहयोगका लागि क्युआर कोड र बैंक खाता समेत सार्वजनिक गरेको छ । 

बाढी र पहिराेमा परेर पनौती नगरपालिकामा मात्र २० जनाले ज्यान गुमाएका छन् भने ५०० वटा घर पूर्ण रप्मा पुरिएका छन् । 

७१३ घरमा बस्न नमिल्ने गरी क्षति हुँदा २ हजार भन्दा वढी पशुधनको क्षति भएको मेयर रामशरण भण्डारीले जानकारी दिए । संकटको अवस्थामा पीडितलाई सहयोग गर्न पनौती नगरपालिका प्रकोप व्यवस्थापन कोष स्थापना गरी पालिकाले सहयोग मागेको हो । नेपाल बैंक लिमिटेड पनौती शाखामा कोषको खाता संचालनमा ल्याइएको छ । 

यो हो बैंक खाता  विवरण र क्युआर कोड 

panauti-1727867444.png
बाढी पहिरोबाट क्षतिग्रस्त वडाहरुमा उद्धारसँगै नगरपालिकाले राहतका कामलाई समेत संगसंगै अघि वढाएको छ । 

पालिकाले हालसम्म १५१ परिवारलाई वडा कार्यालयमाफृत राहत सामग्री वितरण गरेको छ । 

पालिकाले वडामार्फत पीडितलाई चामल, दाल, तेल, नुन, साबुनलगायतका सामग्ी वितरण गरिरहेको मेयरको भनाइ छ । 

461922938_399631976517373_1581282006471957889_n-1727867811.jpg
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update