
काठमाडौँ । संसदीय समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ ।
संसदीय सुनुवाइ समितिको बुधारबारको बैठकले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको हो । सुनुवाइपछि उनको नाम अनुमोदन गरिएको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य आनन्द ढुंगानाले जानकारी दिए।
संवैधानिक परिषद्को गत भदौ ३१ मा प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गरेको थियो । उनी २०७३ साउनमा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए ।
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१ १७:३८
प्रतिक्रिया दिनुहोस्