Odapalika - The Fourth Estate - चौथो अंग
खेलाडीलाई मेयर बालेनको हौसलाः हामी हिँडेको बाटो गलत छैन 

काठमाडौँ । पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाली क्रिकेट टोलीलाई काठमाडौं महानगरपालीकाका मेयर बालेन साहले हौसला प्रदान गरेका छन् । 

समाजिक सञ्जालमार्फत उनले ‘बाटो लामो छ तर सफलताका लागि हिड्नु पर्ने बाटो यही हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यिनै हुन् । प्रिय खेलाडी, व्यवस्थापक र समर्थकहरु ! हामी हिडेको बाटो गलत छैन’ भन्दै एसिया कप क्रिकेटमा नेपाली टोलीलाई हौसला प्रदान गरेका हुन् । 

उनले लेखेका छन्–

एकपल्ट नेपालका सर्वकालिक खेलाडी पारस खडकाज्युसँग कुरा भएको थियो मेरो । उहाँ भन्नुहुन्थ्यो, ‘२००८ ताका हामीलाई युएईको बलरसँग खेल्न एकदम गाह्रो हुन्थ्यो । बलको पेस र स्विङले गर्दा बल कहाँदेखि आउथ्यो हामीलाई थाहा नै हुन्न थियो । हामी उनीहरुसँग खेल्दै गयौँ । सिक्दै गयौँ । अहिले एसोसिएट देशहरुमा हाम्रो अवस्था फरक छ ।

हिजो पाकिस्तानसँगको खेल पनि हामीले देख्दा पारसजीले भने जस्तै रहेको देखियो । हामीलाई पाकिस्तानी खेलाडिका तिव्र बलको सामना गर्न अलिक मुस्किल नै पर्यो । बाबर आजम जस्ता खेलाडीलाई बलिङ गर्नु पर्दा हाम्रा खेलाडीहरुलाई सुरुवातमा केहि धक रहे जस्तो देखियो । तर हामीले हिजोबाट सिकाइको नयाँ चरण भोग्यौँ । त्यो सिकाइले हामी भारतसँग खेल्न केही सहज बनाउनेछ । अझै यस्तै विश्वस्तरिय टिम र खेलाडीहरुसँगको सिकाइले केही बर्षमा नै युएईहरुसँग सिकेर हामीले एसोसिएट मुलुकसँग राम्रो खेल्न सके जस्तै भारत, पाकिस्तान जस्ता देशहरुसँग पनि अवश्य राम्रो गर्ने छौँ ।

बाटो लामो छ तर सफलताका लागि हिड्नु पर्ने बाटो यही हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यिनै हुन् । प्िरय खेलाडी, व्यवस्थापक र समर्थकहरु ! हामी हिडेको बाटो गलत छैन ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update