Odapalika - The Fourth Estate - चौथो अंग
राहत तथा पुनर्स्थापना कार्य प्रभावकारी बनाउन गाउँपालिका राष्ट्रिय महासंघको तीनबुँदे अपिल

काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले हालैको बाढीपहिरो र डुबानका पीडितलाई राहत तथा पुनर्स्थापन कार्यलाई प्रभावकारी बनाउन तीनबुँदे अपिल जारी गरेको छ । 

तीन तहकै सरकारलाई महासंघले अपील गरेको हो । बुधबार महासंघले सार्वजनिक रुपमा तीन तहकै सरकारलाई विपत् पछिको राहत तथा पुनर्स्थापन कार्यलाई प्रभावकारी बनाउन अपिल गरेको हो । 

महासंघले गरेको तीनबुँदे अपिल :

हालै परेको अविरल वर्षातको कारण भएको बाढी पहिरो ( विपत् ) पश्चात गर्नुपर्ने राहत तथा पुनर्स्थापना कार्य प्रभावकारी बनाउन तीन तहका सरकारले तत्काल देहायबमोजिमका कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने देखिएकोले सम्बन्धित सबैमा महासंघ हार्दिक अनुरोध गर्दछ ।

१. प्रभावित क्षेत्रका स्थानीय सरकारहरुलाई अनुरोध/आह्वान 

–राजमार्ग÷सडकमा अलपत्र परेका यात्रुहरुलाई खाना तथा वासको व्यवस्था गर्ने र गन्तव्यमा पुग्न सहयोग र सहजिकरण गरिदिने । सडक मार्गमार्फत आवत जावत गर्ने यात्रुहरुलाई यातायात सेवा प्रदान गर्न सहजिकरण गर्नुपर्ने ।

–पीडितहरुलाई राहत तथा पुनर्स्थापनाका लागि संघ तथा प्रदेश सरकारबाट समेत सहयोग लिइ राहत वितरण र अस्थायी आवासको व्यवस्था गर्ने । विपद् पछि फैलिन सक्ने रोगव्याधिमा सचेतना अपनाउनु पर्ने ।

–स्थानीय सरकारका कार्यक्षेत्रमा पर्ने स्थानीय सडकहरु तत्काल खुलाउन आवश्यक मर्मत कार्य गर्नुपर्ने ।

२. प्रदेश र नेपाल सरकारलाई हार्दिक अनुरोध

–क्षतिग्रस्त राष्ट्रिय राजमार्ग, रणनीतिक महत्वका सडक एवं स्थानीय तहको केन्द्रसम्म जोडिने सडकहरु तत्काल मर्मत गरी यातायात सुचारु गर्नुपर्ने।

–चाडबाडको समय भएकोले सार्वजनिक यातायातको (सडक तथा हवाई) सहज पहुँच र भाडा दर नियमन प्रभावकारी बनाउनु पर्ने ।

–बाढी पहिरोबाट भएको जनधनको क्षतिको यथार्थ विवरण एकिकृत रुपमा सङ्कलन गरी एकद्वार प्रणालीबाट एउटै निकायले दैनिक रुपमा सूचना ÷ बुलेटिन मार्फत सार्वजनिक गर्नु पर्ने।

–राहत सामाग्रीहरु (औषधी, लत्ताकपडा तथा खाद्मान्न लगायत) आवश्यकताको आधारमा स्थानीय सरकारमार्फत एकद्वार प्रणाली मार्फत वितरण हुने गरी स्थानीय सरकारहरुलाई उपलब्ध गराउनुपर्ने ।

–राहत तथा पुनर्स्थापना र अत्यावश्यक सार्वजनिक पूर्वाधारहरुको मर्मत सम्भारको लागि तत्काल स्थानीय विपद् कोषमा स्पष्ट मापदण्ड सहित रकम निकासा गर्ने । जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण तथा पुनर्स्थापना कार्यमा स्थानीय सरकारलाई सहयोग र सहजिकरण गर्नुपर्ने ।

–घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिने ।

–जिल्ला स्थित संघ तथा प्रदेश सरकारका कार्यालयहरुमा रहेका निर्माण सामाग्रीहरु (तार जाली, मेशिनरी औजार, त्रिपाल टेण्ट लगायत) आवश्यकताको आधारमा स्थानीय सरकारहरुलाई हस्तान्तरण गर्नुपर्ने।

–सडक यातायात सञ्चालनका लागि मेशिन प्रयोग गर्न डिजेलको अभाव भैरहेको गुनासो आएकोले तत्काल पेट्रोलिएम पदार्थको वितरण प्रणालीलाई सहज बनाउनु पर्ने

३. प्रभावित बाहेकका स्थानीय सरकारहरुलाई अनुरोध

नेपाल सरकारले अति प्रभावित भनि घोषणा गरेका गाउँ÷नगरपालिकाहरुलाई राहत तथा पुनर्स्थापनाको लागि सोझै स्थानीय विपद् कोष वा प्रधानमन्त्री राहत कोष मार्फत सहयोग उपलब्ध गराउन ईच्छुक सबै स्थानीय सरकारहरुमा हार्दिक अनुरोध गर्दछौं । आवश्यक परेमा महासंघले सहजिकरण एवं समन्वय गर्ने व्यहोरा समेत अनुरोध गर्दछौँ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update