Odapalika - The Fourth Estate - चौथो अंग
गाईजात्रा र रक्षाबन्धन पर्वको उल्लास (तस्विरहरू)

काठमाडौँ । नेवार समुदायको परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

आजै रक्षाबन्धन र जनैपूर्णिमा पर्व पनि मनाइँदै छ । तिथी घटबढका कारण रक्षा बन्धन, जनैपूणिर्मा र गाईजात्रा पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका खुवाउने चलन छ । 

यसो गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजनीतिक, सामाजिक आर्थिक तथा सांस्कृतिक क्षेत्रको विकृति एवं विसंगतिको विरूद्धमा वर्षको एक पटक गाईजात्राको माध्यमबाट हास्यव्यङ्ग्ग्य, कार्टुन, झाँकी, नृत्य प्रदर्शन गरिन्छ । 

नेपालीहरूले सदियौदेखि एक अर्काका आस्था र विश्वासको सम्मान गर्दै भाइचारा सम्बन्ध राख्दै आएका छन् ।

जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा छ । 

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै पुरोहितले दाहिने नाडीमा बाँधिदिने परम्परा रहेको छ । 

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

 

odapalika jagjatra-purnima (8)1693460470.jpg

odapalika jagjatra-purnima (5)1693460465.jpg

odapalika jagjatra-purnima (6)1693460465.jpg

odapalika jagjatra-purnima (3)1693460461.jpg

odapalika jagjatra-purnima (2)1693460462.jpg

odapalika jagjatra-purnima (4)1693460463.jpg

odapalika jagjatra-purnima (9)1693460455.jpg

odapalika jagjatra-purnima (1)1693460456.jpg

 

 

odapalika jagjatra-purnima (7)1693460467.jpg

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update