Odapalika - The Fourth Estate - चौथो अंग
रियलमीको ‘बडा दशैं, तिहारको बडा अफर’ सुुरु

काठमाडौँ । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले ‘बडा दशैं, तिहारको  बडा अफर’ योजना सुरु गरेको छ । नेपालीको महान चाड विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर आफ्ना ग्राहकहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ । 

यस योजनाअन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहार स्वरुप एमजी ४ इभि जित्ने अवसर पाउनेछन् भने बम्पर उपहार स्वरुप टिभीएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउनेछन् । 

त्यस्तै हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सी ६३ पाउन सक्नेछन् भने दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।

रियलमीको कुनै पनि स्मार्टफोन खरिद गर्नुभएका ग्राहकहरु यस अफरमा यस योजनामा सहभागी हुन सक्नेछन् । यस योजनामा सहभागी हुनको लागि ग्राहकहरुले https://www.realmedashaintiharoffer.com वेबसाइटमा गएर आफुले खरिद गरेको स्मार्टफोनको IMEI नम्बर, आफ्नो पूरा नाम र मोबाइल नम्बर दर्ता गर्नु पर्ने हुन्छ । यो अफर असोज १५ देखि कात्तिक २२ गतेसम्म लागु हुनेछ । 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update