आजको पञ्चाङ्ग
तिथिः द्धितीया । नक्षत्रः चित्रा । करणः बालब । चन्द्रराशिः तुला । सूर्योदयः ५ः ५८ । सूर्यास्तः १७ः २५ । दिनमानः २९ः ५४ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः ०० बजेसम्म ।
तपाईंको आज
मेष (चु चे चो ला लि लु ले लो अ )
आज परिवारसम्बन्धी जमघट हुनेछ । आफ्नो बुद्धिले कठिन काम पनि पूरा हुनेछ । यात्रा आरामदायी हुनेछ । श्रीमान् श्रीमतीबीच भने सामान्य मतभेद होला ।
वृष (इ उ ए ओ बा बि बु बे बो )
आज तपाईंको शत्रुले दुःख दिनेछन् । धन खर्च हुनेछ । लिनेदिनेमा सतर्कता अपनाउनुहोला । यात्रा भने केही कष्टकर हुनेछ । आज यात्रा नगर्दा नै उचित होला ।
मिथुन (का कि कु घ ङ छ के को ह )
धर्मिक यात्राले मन आनन्दित बनाउने छ । धनप्राप्तिको योग रहेको छ । आयआर्जन राम्रो होला । शारीरिक थकान भने हुनेछ ।
कर्कट ( हि हु हे हो डा डि डु डे डो )
तपाईंको आज कर्मक्षेत्र बलियो देखिन्छ । किनमेलमा समय जानेछ । आमाबुबाको सुझाव उपयोगी सिद्ध हुनेछ । मित्रसँगको भेटघाटले मनोरञ्जनका साथ दिन बित्नेछ ।
सिंह ( मा मि मु मे मो टा टि टु टे )
आज तपाईंको खुसी र रमाइलोसँग दिन बित्नेछ । धनसम्पत्ति लाभ हुने देखिन्छ । अचानक सुखद यात्राले दिन अविस्मरणीय हुनेछ ।
कन्या ( टो प पि पु ष ण ठ पे पो )
बन्धुवर्गले तनाव देलान् । आज खर्चिलो दिन होला । बसेको स्थान छोड्नु पर्नेछ । पराक्रम भने बढ्नेछ ।
तुला ( र रि रु रे रो ता ति तु ते )
आजको दिन शरीरमा स्पूmति, काममा जाँगर आउँनेछ । सुखद् अनि परिवारिक यात्रा हुनेछ । धनागमनको योग रहेको छ । सबैको साथ पाइनेछ ।
वृश्चिक ( तो ना नि नु ने नो या यि यु )
आज तपाईँको खुसी र रमाइलोसँग दिन बित्नेछ । धनसम्पत्ति लाभ हुने देखिन्छ । अचानक सुखद यात्राले दिन अविस्मरणीय हुनेछ ।
धनु ( ये यो भा भि भु ध फा ढा भे )
आजको दिन तपाईँको लाभमय रहेको छ । कसैसँग उठ्न बाँकी रकम उठ्नेछ । अरुलाई तर्कले परास्तगर्न सकिनेछ । काममा प्रगति हुनेछ ।
मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )
आज रमाइलो यात्रा तय होला । आत्मविश्वासका साथ काम गरिनेछ । नयाँ जोश र जाँगर रहनेछ । नयाँ वस्तुको खरिद गरिनेछ ।
कुम्भ (गु गे गो सा सि सु से सो दा )
आज भाग्योदयको दिन रहनेछ । गरेको कामबाट अपेक्षित सफलता पाइनेछ । पढाइतिर मन जानेछ । मान सम्मान पाइनेछ । सन्तान सुख हुनेछ ।
मीन (दि दु थ झ ञ दे दो चा ची )
शारीरिक दुःख हुनेछ । चोटपटकको समभावना पनि देखिन्छ । आयभन्दा व्यय नै बढी रहेको छ । तपाईँको मनमा अनावश्यक कुरा खेल्नेछन् ।