Odapalika - The Fourth Estate - चौथो अंग
कोसी, मधेश, बागमती र गण्डकीमा पानी पर्ने सम्भावना 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज पनि देशभर मनसुनी वायुको प्रभाव कायम नै रहेकाले देशका कतिपय स्थानमा पानी पर्ने भनेको छ । 

पूर्वी र मध्य भागमा दक्षिण–पूर्व बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण ती क्षेत्र वर्षबाट प्रभावित हुनसक्ने विभागको अनुमान छ । 

दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बाँकी स्थानको मौसम सफा रहने विभागको भनाइ छ ।

कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको विभागले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update