
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ ।
पूर्वराजा शाह हाल भुटान भ्रमणमा छन् । उनी आइतबार स्वदेश फर्किने छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१ १०:५८
प्रतिक्रिया दिनुहोस्