Odapalika - The Fourth Estate - चौथो अंग
चीनलाई काठमाडौँका मेयर बालेनको टक्कर, नक्साप्रति असन्तुष्टि जनाउँदै भ्रमण रद्द 

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले नेपालले निकालेको चुच्चे नक्सालाई चीनले मान्यता नदिएको भन्दै आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकबाट उनले नेपाललाई नसोधी नेपाली भूभागलाई चीनले भारतको देखाएको भन्दै विरोध गरेका छन् ।  

उनले लेखेका छन्, ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।’

नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ नक्सा निकालेका थियो । तर, चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको नक्सालाई कायम राखेपछि बालेनले त्यसको विरोध गर्दै चीनको आसन्न ५ दिने भ्रमणलाई रद्द गरेको जनाएका छन् । 

‘केहीदिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदँै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु,’ बालेनले लेखेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update