Odapalika - The Fourth Estate - चौथो अंग
बीमासम्बन्धी अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन स्थगित 

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमासम्बन्धी अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन स्थगित गरेको छ ।  हालै देशमा भएको प्राकृतिक विपत्तिका कारण देखाउँदै प्राधिकरणले बीमासम्बन्धी अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन स्थगित गरेको हो । 

प्राधिकरणको आयोजनामा काठमाडौँमा यही असोज २१ देखि २३ गतेसम्म एसियन फोरम अफ इन्स्योरेन्स रेगुलेटरी ( एएफआईआर)को वार्षिक बैठक तथा वार्षिक सम्मेलन हाललाई स्थगित गरिएको प्राधिकरणका सुशीलदेव सुवेदीले जानकारी दिए । 

‘हालैको अविरल वर्षाका कारण नेपालका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट असहज अवस्था सिर्जना भएकाले निर्धारित मितिमा बैठक तथा सम्मेलन गर्न असहज हुने भनी एएफआईआर को सचिवालयबाट हाललाई कार्यक्रमहरू स्थगित गर्न अनुरोध भएको हुँदा विदेशी पाहुनाहरूको सुविधा समेतलाई ध्यानमा राखी उक्त सचिवालयसँगको समन्वयमा अर्को मिति तोक्ने गरी हाललाई कार्यक्रमहरू स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ,’ प्रवक्ता सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

साथै यही असोज २३ गतेका लागि तय भएको एएफआईआरको वार्षिक साधारणसभाको भर्चुअल माध्यमबाट हुने सत्र भने ै सञ्चालन हुने जनाएको छ ।

एएफआईआरको सचिवालयसँग समन्वय गरी स्थगित बैठक सभा तथा सम्मेलन आयोजनाका लागि नयाँ मिति तय भएपछि जानकारी गराइने प्राधिकरणको प्रवक्ता सुवेदीले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update