Odapalika - The Fourth Estate - चौथो अंग
बाढीपहिरो प्रभावित १४ जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौँ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राकृतिक विपत्‌बाट प्रभावित १४ जिल्लाका विभिन्न स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषण गर्न सिफारिस गरेको छ । 

शुक्रबार गृहमन्त्री रमेश लेखक नेतृत्वमा बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले बाढी, पहिरो र डुबानबाट बढी प्रभावित १४ जिल्लाका विभिन्न स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।  

उनका अनुसार बैठकले ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, ललितपुर, सङ्खुवासभा, भक्तपुर, सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको हो ।

स्थानीय तहलाई तोक्ने कुरामा छलफल जारी रहेको भन्दै छलफल गरेर सङ्ख्या तोक्ने उनले जानकारी दिए ।

यही असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानबाट ठूलो धनजनको क्षति भएको छ भने काठमाडौँ उपत्यका जोड्न मुख्य राजमार्ग नै अवरुद्ध हुन पुगेको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update