Odapalika - The Fourth Estate - चौथो अंग
आज यी क्षेत्रमा पर्दैछ पानी 

काठमाडौँ ।  देशभर अहिले पनि मनसुनी वायुको प्रभाव कायम रहेका कारण कतिपय स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ । 

देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव अहिले पनि रहेको विभागको भनाइ छ ।

अहिले लुम्बिनी र गण्डकीसहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागको अनुमान छ । 

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update