Odapalika - The Fourth Estate - चौथो अंग
गोदावरीमा पहिलो चरणको राहत र पुनर्स्थापनाको काम धमाधम

काठमाडौँ । ललितपुरकाे गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले काठमाडौँ उपत्यका भित्रकै सबैभन्दा बढी प्रभावित गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको लागि सिंगो टिम सक्रिय भएको बताएका छन् । 

उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै तत्काल बनाउन सकिने भौतिक पूर्वाधारहरु, ट्रयाकहरु खोल्ने कामहरु अगाडि बढाएको जानकारी दिए । 

उनले भने,‘उपत्यका कै सबैभन्दा बढी प्रभावित क्षेत्र गोदावरी हो । त्यसमा पनि ६ र ७ नं वडा अलि धेरै प्रभावित छन् । पहिलो चरणमा राहत र पुर्नस्थापनाको लागि नगरपालिका सिंगो टिम सक्रिय छौं । तत्काल बनाउन सकिने भौतिक पूर्वाधारहरु ट्रयाकहरु खोल्ने कामहरु अगाडि बढाएका छौं । सबै वडामा करिब खुलिसकेको छ भने यो ७ नं मा खोल्न गा¥हो भएको छ । यसलाई पनि दुईचार दिनभित्र सबै बस्तीमा पुग्नेगरी बाटो खोल्ने छौं ।’

उनले गोदावरीमा खानेपानीको समस्या एकदमै धेरै रहेको भन्दै खानेपानीको व्यवस्था गर्न अलि बढि समय चाहिने बताए । 

उनले भने,‘दशैंतिर लगत्तै पुननिर्माणको काम सुरु गर्ने छौं । अर्को खानेपानीको समस्या छ । विद्युत प्राधिकरणको काम भइरहेको छ । अलिकति समय चाँही यो खानेपानीमा लाग्ने देखियो ।’
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update