हल्लो संघ र प्रदेश सरकार हामी (महाङ्काल) राजधानी काठमाडौंमै कर्णालीका जनतालाई दोस्रो दर्जाको नागरिक बनाउने ? भुगोल जहाँ भएपनि हामीपनि नेपाली नै हौं ।
हाम्रो भुगोल राजधानी काठमाडौंसँग जोडिएर पनि कर्णाली जस्तै जनता र हामी उस्तै भयौं । यस्तो महाविपत्तमा भएको पनि एक हप्ता बढी भयो । संघ सरकारले राहातको नाममा विपत् भएको ४ दिनपछि विचरा पीडितहरुलाई २ केजी चामल, १ केजी दाल, नुन एक पोका र तेल एक पोका पठायौं त्यहिमाथी राजनीतिक मात्र गरायौं ।
त्यसले कति दिन धान्छ र, फेरि जाडो दिनदिन नै बढ्दो छ । विपत्ति परेर ज्यान घुमाउनुको पीडा भोग्नु त के महसुस समेत गरेनौं । विचरा जिन्दगी भर दुःख गरेर बनाएको घर र जोडेको सम्पत्ति र पशु चौपाया केही रहेन ।
घर बनाउन न एकआना समेत जग्गा नै छ । सबै जग्गा बाढी र पहिरोले बगरमा परिणत बनायो । संघ र प्रदेश सरकारमा रहेर राज गरेर बस्नेहरु यस्तो विपत्तिमा हेरेर बस्दा पीडा एक रत्तिभर पनि लागेन विचरा ती जनताहरु जिन्दगी जे गरे त्यो अब केही रहेन्न रह्यो त मात्र पीडा मात्रै ।
एक हप्तादेखि पानी खाएर मात्रै बस्नुपर्ने हो ? कम्तिमा एक छाक खाना खान देउ न विचरा पीडितहरुलाई राहत देउ कि देउ भनेर कति तिम्रा सरकारी अड्डा धाउनु पर्ने ?
१२ गतेदेखि पीडितको आँङ्गमा एक सरो कपडाभन्दा केही फेर्ने अर्कोे कपडा छैन ? यस्तो जाडोमा यतिका दिनदेखि खुल्ला आकाशमुनि बस्न बाध्य ती पीडितको चुलोमा आगो निभेको पनि एक हप्ता बढी नै वित्यो । कम्तिमा हामीहरुलाई शासन गर्नेहरु आफ्ना छोराछोरी र परिवार विदेशको सुखसयलमा पठायौं । जनतालाई विपत्तिमा परिवार गुमाउदा पीडामाथि भोकभोकै राखेर मर्ने बनायौं ।
न पाल दिन्छौं बस्नलाई न एक मुढ्ढी चामल पठाउन्छौ ज्यान बच्नलाई सरकार विचरा पीडितहरु भोकभोकै नाङ्गै राखेर त रमिता नै हेर्यौ? टेलिफोन छैन, बत्ती छैन । पीडितलाई न्याय र नैसर्गिक अधिकार दिन त सकेनौ ।
यो महापत्तिमा परेर पीडित भएका सबैलाई पलपल मारेर नराख सरकार । सबै पीडितलाई मेटासिट एक एक बोतल पठाईदेउ ? तिम्रै कारणले हामी सबै सामुहिक आत्मदाह गरेर मर्न बाध्य बनायौं । अवका विपत्तिहरुमा जनताको जिन्दगीमा खेलवाड नगर ।
(बाढीपहिरोबाट अति प्रभावित ललितपुरको महांकाल गाउँपालिका उपाध्यक्ष गोलेले सामाजिक सञ्जाल फेसबुकमार्फत संघीय सरकारसँग पोखेको आक्रोस)