Odapalika - The Fourth Estate - चौथो अंग
वडा सरकार ! पुस्तकालय, वाचनालय छ ?

 

यस वर्ष २०८० मा 'पुस्तौं पुस्ताका लागि पुस्तकालय' भन्ने नाराका साथ राष्ट्रिय पुस्तकालय दिवस मनाइदै छ।  स्थानीय सरकार सन्चालन  ऐन २०७४ले वडाले गर्ने कार्यमा पुस्तकालय ,वाचनालय ,सामुदायिक सिकाइ केन्द्र लयायतका  जिम्मेवारी तोकिदिएको छ। तर यसतिर कत्तिको ध्यान गयो समीक्षा गर्न जरूरी  छ ।  यदि आधारभूत  सरकारबाट यो कार्य थालनी गर्ने हो भने पढाइ संस्कृति प्रभावकारी हुनेछ।  

  हामीले दैनिक जीवनलाई अगाडि चलाउने क्रममा कति पुस्तक पढेका छौं ? विद्यार्थीले आफ्ना पाठ्यक्रम र पाठ्यपुस्तक बाहेक अन्य कति किताब पढेका छन् वा शिक्षकले अतिरिक्त पुस्तक कतिको अध्ययन गर्ने बानी छ ? यसकुरालाई स्वमूल्याङ्कन गर्न जरुरी छ ।  पुस्तक पढ्न थाले  फाइदा हुन्छ,पढौं।   समसामयिक  ज्ञानका साथै सोच्ने विषयमा पनि परिवर्तन हुन्छ।   जो कुनै व्यक्तिले अध्ययन नै गर्दैन भने उसले सिकाउन सक्दैन।  

मार्क ट्वेन भन्छन  "राम्रा  साथी र राम्रा पुस्तकले जीवन सुन्दर बनाइदिन्छन्।" तसर्थ यो समय अध्ययनको हो। नेपालमा राजा गिर्वाणयुद्ध विक्रम शाहको शासनकालबाट पुस्तकालयको सुरुवात भएको हो । सायद शिक्षा विकास र पुस्तक अनि पुस्तकालयसंगै आएको हुनुपर्छ।  सार्वजनिक रुपले इच्छुक पाठकहरूले विभिन्न शर्तमा पढन पाउने हिसाबले विभिन्न विषयका पुस्तकहरूको संग्रह गरेर राखिएको घर वा ठाउँ  भनी प्रज्ञा शब्दकोशले बताएको छ।  वास्तवमा पुस्तक घर पनि भनिन्छ । तर अबको समयमा रुचि  भए अध्ययन गर्न  पुस्तक नै चाहिन्छ भन्ने छैन।   रहर चाहिन्छ।                     

हुनत, पुस्ताकालय भन्नेबित्तिकै पुस्तकहरु  राखेको ठाउँ भन्ने बुझिन्छ।  कतिपयले आफूले अध्ययन गरेका पुस्तकहरुलाई जम्मा गरेर राख्ने बानी पनि गरेका छन् ।  त्यहीँबाट पुस्तकालय पनि सुरु हुन्छ तर कतिपय अवस्थामा हामी पढेका पुस्तकहरूलाई आलु साटेर पठाइदिने गरेका पनि छौं।   सिकाइ संस्कृति नै अध्ययन संस्कृति हो।  अनुसन्धानको क्रममा पढ्नुपर्छ । सृजनशील बन्नुपर्छ। सकारात्मक  बन्नुपर्छ।

केही न केही किताबबाट ज्ञान प्राप्त हुन्छ। हामीले धेरै  कुरा सुन्यौं  मात्र।  दैनिक जीवनमा प्रयोग भने भएको पाइँदैन । यदि विद्यार्थीलाई निन्द्रा लागेन भने के गर्ने भनेर प्रश्न गर्यो भने किताब लिएर पढ्न थाल्नुपर्छ भन्छन।   कतिपयले पुस्तक नभई निन्द्रा लागेन भन्छन।   यसबाट पुस्तकले शारीरिक मात्र नभएर मानसिक रुपमा समेत प्रभाव पार्छ भन्ने कुरा हाम्रा दैनिक अनुभवबाट गर्न सकिन्छ।  

मललाको भनाइ छ कि "एउटा पुस्तक, एउटा कलम ,एउटा बच्चा र एउटा शिक्षक मिलेर संसार  बदल्न सक्छन् ।" यसर्थ  एक शिक्षक जसलाई  संसार बदल्ने संवाहक मानिन्छ, परिवर्तन गर्ने व्यक्तिले के के  पुस्तकहरुको अध्ययन गरेका छौं ,आत्मबोध गरौँ। समाज अध्ययन गर्न जरुरी छ।  २१ औं शताब्दीमा शिक्षक र विद्यार्थीमा हुने गुण लगभग मिल्नसक्छ।  

कतिपय कुराहरुमा विज्ञान र प्रविधिको प्रयोगले विद्यार्थीहरु शिक्षक भन्दा पनि अगाडि हुनसक्छन।   त्यसैले निरन्तर अध्ययन गर्ने बानीलाई छाड्नुहुँदैन। अनलाईन प्रविधिबाट हामीले थुप्रै पाठ्यपुस्तकहरु पढन  सक्छौं। एक शोधार्थीले सम्पूर्ण अनुसन्धान अनलाईनका माध्यमबाट नै  सम्पन्न गर्न सक्छ तर हामीले प्रयोग गरिरहेका अनलाइनहको दुरूपयोगको  कारणले हामीले पढ्न समय पाइरहेका छैनौं ।

कतिपयलाई हामीले प्रश्न गर्दा  पढ्न त मन थियो, फुर्सद नै छैन भन्ने जवाफ आउँछ ।  हाम्रो समय उपलब्धिबिहिन अवस्थामा गुज्रिरहेको थाहा नै हुन्न। पढाइले सिकाइ संस्कृतिसँगै पुस्तौं पुस्ताका बानी विकास हुने भएकाले हरेकका  घरमा, हरेक संस्थामा, टोलमा पुस्तकालय हुनुपर्छ। विद्यालयका कर्नरमा हुनुपर्छ।  

कानुनी व्यवस्था  अनुसार वडाले आफ्नो काम, कर्तव्य ,अधिकारलाई  पूरा गर्नु नै पर्छ।   कम्तीमा वडा कार्यालयबाट नै वाचनालयको सुरुवात गर्ने हो भने पढ्ने बानीको विकास बढ्नसक्छ। आफनो वार्षिक कार्यक्रममा बजेट तथा योजना जोड्न जरुरी छ।  समाजवाद विकासको आधार वडा भएकाले यो सक्रिय हुन् जरुरी देखिन्छ।  

वडाबाट नै सिकाइ संस्कृति सुरु गरौँ।  योजना छैन भने बनाउनु  पर्छ। संविधानको रक्षा गरौँ। ज्ञानको दायारा बढाउन अध्ययन चाहिन्छ।  कम्तीमा वडा कार्यालयमा विभिन्न पत्रिका हुनुपर्छ। अनलाइन हेर्ने अवसर हुनुपर्छ।आउने जानेले  साक्षरता विकास गर्न पनि सक्छन ।  वडा सरकार अब केही गरौँ।  सबल अभ्यासको प्रचार गरौँ। सिफारिस मात्र हैन ,सिकाइ विस्तारित पनि गरौँ। 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update