Odapalika - The Fourth Estate - चौथो अंग
१५ सय परिवारलाई लालपुर्जा दिँदै मन्त्री अधिकारीले भने– सबै भूमिहीन सुकुम्बासीले पुर्जा पाउँछन् 

बुटवल । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सबै भूमिहिन, किसान, सुकुम्बासी र बषौंदेखि बसोबास गरिरहेका अव्यवस्थित बसोबासीहरुले छिट्टै लालपुर्जा पाउने बताएका छन् । 

कपिलवस्तु र रुपन्देही जिल्लाका गाँउब्लकमा बसोबास गरेका करिव १५ सय परिवारलाई लालपुर्जा वितरण गदैं मन्त्री अधिकारीले छिट्टै भूमि आयोग गठन गरिने जानकारी दिए । 

मन्त्री अधिकारीले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं १० पटना, कृष्णनगर नगरपालिका वडा नं  १२ मा रहेको बदगाउ र रुपन्देहीको रोहिनी गाउँपालिकाको गाउँ ब्लक ( मिनाह डिहि) मा बषौंदेखि अलपत्ररुपमा बसोबास गरेका परिवारहरुलाई लालपुर्जा वितरण गरेका हुन् । 
 
 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update