Odapalika - The Fourth Estate - चौथो अंग
संघले स्थानीय सरकारलाई भन्यो– तीन दिनभित्र राहत दिन्छौँ, पीडितको विवरण छिटो दिनू

काठमाडौँ । गृह मन्त्रालयले बाढी पहिरो र डुबानबाट पीडित भएका लाभग्राहीको विवरण स्थानीय तहसँग मागेकाे छ । मंगलबार बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले स्थानीय तहसँग लाभग्राहीको विवरण पठाउन अनुरोध गरेका हुन् । 

स्थानीय तहले विवरण पठाएलगत्तै राहत रकम दिने गृहमन्त्री लेखकको भनाइ छ । उनले भने, ‘लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि रु १५ देखि २० हजार र अस्थायी आवास निर्माणमा पहिलो किस्ता स्वरुप २५ हजार दिन्छौं । त्यसका लागि प्रभावित जिल्लाका पालिकाहरु चाँडो लाभग्राही विवरण पठाइदिनुपर्‍यो ।’

सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको केही क्षेत्रमा गृहमन्त्री लेखकसंगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोली बाढी÷पहिरो प्रभावित क्षेत्रको अनुगमन गरिरहेका छन्  ।

यसअघि गृहमन्त्री लेखकले काभ्रेपलाञ्चोक र ललितपुरको गोदावरी क्षेत्रको प्रभावित स्थल अनुगमन गरेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update