Odapalika - The Fourth Estate - चौथो अंग
मिथुनलाई सामाजिक काम, मेषलाई भाग्यको साथ, तपाईंलाई के ?

आजको पञ्चाङ्ग

तिथिः षष्टी । नक्षत्रः मूल । करणः गर । चन्द्रराशिः धनु । सूर्योदयः ०६ः ०१ । सूर्यास्तः १७ः ३९ । दिनमानः २९ः ०५ घडी । राहुकालः दिनकोः १२ देखि १ः ३० बजेसम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

आजको दिन भाग्यले पूरै साथ दिनेछ । सन्तान सुख, विद्यामा सफल । रमाइलो यात्रा हुनेछ । धार्मिक कार्यमा सहभागी भइनेछ ।  

वृष ( इ उ ए ओ बा बि बु बे बो )

रिस अनि डाहा गर्नेलाई रोक्न सकिदैन । मन थकित र आलस्य हुनेछ । नयाँ काम आज नगर्दा नै ठिक हुनेछ । स्वास्थ्यको ख्याल राख्नुहोला ।    

मिथुन (का कि कु घ ङ छ के को ह )

सामाजिक काममा मन रमाउनेछ । परिवारसँगको सामिप्यताले मन आनन्दित रहनेछ । आवश्यक नयाँ योजना बनाइएला । आवश्यक ठाउँमा धन खर्च हुनेछ ।  

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

स्वास्थको कारणले काम बिग्रनेछ । अरुको स्वागत र खुसीमा समय खर्चिनु पर्नेछ । आयभन्दा व्यय बढी हुनेछ । नकारात्मक विचारले घर जमाउनेछ ।

सिंह ( मा मि मु मे मो टा टि टु टे )

आज भाग्यले साथ दिनेछ । आय र व्ययमा सन्तुलन रहनेछ । आपूmले गरेको काममा सफल हुनुहुनेछ । मनमा उर्जा आउनेछ । धार्मिक यात्रा हुनेछ । सबैको सहयोग रहनेछ । 

कन्या ( टो प पि पु ष ण ठ पे पो ) 

महत्वपूर्ण काम बन्ने देखिन्छ । मनले चिताएको काम बन्नेछ । घरायसी झमेलाबाट मुक्ति मिल्नेछ । सोचेभन्दा बढी काम हुनेछ ।

तुला ( र रि रु रे रो ता ति तु ते ) 

आज धन प्राप्ति हुनेछ । खर्च सही ठाउँमा हुनेछ । यात्रा सुखमय र मनोरञ्जनात्मक बन्नेछ । नयाँ सामान प्राप्त हुनेछ । 

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

खर्च अत्याधिक हुनेछ । टाढाको यात्रा हुनेछ । यात्रा तनावमय नै हुनेछ ।  सोच बिचार गरेर मात्र काम सुरु गर्नुहोला । सोचेभन्दा बढी परिश्रम र खर्च हुनेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

आज अनुकूल समय छ । जहाँ टेक्यो त्यही शुभ हुनेछ । मन भने चञ्चल हुनेछ । नयाँ सामान खरिद गरिनेछ । यात्रा रमाइलो र सुखद हुनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

आजको दिन भाग्यले साथ दिनेछ । बोल्दा वा कामगर्दा बिचार भने पुर्याउनु पर्ला । सोचेभन्दा बढी लाभ हुनेछ । यात्रा पनि सहज नै हुनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

दाजुभाइको सहयोग रहनेछ । ।आजको दिन धनका आगमन हुनेछ । काममा बाधा दिनेहरु हट्नेछन् । सोचेभन्दा बढी काम बन्नेछ । पराक्रम बढ्नेछ ।

मीन (दि दु थ झ ञ दे दो चा  ची ) 

मिहिनेत र परिश्रमबाट मात्र काम पूरा हुनेछ । परिवारसँगको यात्रा रमाइलो होला । धन खर्च हुनेछ । नयाँ योजना बन्नेछन् । जग्गा सम्बन्धी कामले फाइदा दिनेछ । 


 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update