Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ जिसस र ४ नगरपालिका मिलेर बागमतीमा र्‍याफ्टिङ गर्ने 

काठमाडौं । जिल्ला समन्वय समितिले काठमाडौँले बागमतीमा र्‍याफ्टिङ कार्यक्रम गर्ने भएको छ । जिससले १६ भदौंमा बागमतीमा र्‍याफ्टिङआयोजना गर्ने जानकारी दिएको हो । 

समितिप्रमुख सन्तोष बुढाथोकीले बागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यतालाई जगाउनुका साथै समाजमा सकारात्मक सन्देश दिन बागमती नदीमा पहिलो पटक र्‍याफ्टिङ कार्यक्रमको आयोजना गर्न लागेको बताए । 

जिससका अनुसार काठमाडौँका ४ वटा नगरपालिकाको सहयोगमा कार्यक्रम गर्न लागिएको हो । यो कार्यक्रममा काठमाडौंँ महानगरपालिका, तारकेश्वर नगरपालिका, गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सहयोग छ । 

उनले भने, ‘जिल्ला समन्वय समिति काठमाडौंले वागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यतालाई जगाउनुका साथै समाजमा सकारात्मक सन्देश दिन बागमती नदीमा पहिलो पटक ¥याफ्टिङ कार्यक्रमको आयोजना गर्न लागेको छौं । ’

र्‍याफ्टिङ शनिबार बिहान ७ः३० देखि सुन्दरीजलबाट सुरु भई बेलुका ५ बजे चोभारमा समापन गर्ने कार्यक्रम छ । 


 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update