Odapalika - The Fourth Estate - चौथो अंग
नगरभित्र एकरुपता कायम गरी दशैँ मनाउन चन्द्रागिरिको आह्वान 

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाले एकरुपता कायम गरी दशैँ मनाउन आह्वान गरेको छ । आफ्नो नगरभित्र एकरुपता कायम गरी दशैँ मनाउन आह्वान गर्दै नगरपालिकाले तालिका नै सार्वजनिक गरेको छ । 

जसअनुसार असोज २४ मा फूलपाति कुछिं भ्वय्, २५ गते शुक्रबार स्याक्व त्यांक्व र  २६ गते शनिवार टीका (चाल) मनाउन भनिएको छ । 

नगरप्रमुख घनश्याम गिरीले हस्ताक्षर गरेको सूचना :

नेपाल भाषा, कला संस्कृति संरक्षण तथा प्रवर्द्धन समितिको मिति २०८१÷०६÷२० को पत्रबाट सो समितिले आयोजना गरेको चन्द्रागिरि नगरपालिका भित्रका विभिन्न गाउँका कजि (अध्यक्ष)ज्यूहरु, वडा अध्यक्षज्यूहरु र विभिन्न गाउँका प्रतिनिधिज्यूहरुको मिति २०८१ असोज १९ गते बसेको बैठकले तपशिलमा उल्लेख गरिएअनुसार दशैं मनाउने निर्णय भएकोले सोही बमोजिम नगरपालिकाभित्र एकरुपता कायम गरी दशैं मनाउन सूचना प्रकाशनको लागि लेखी आएको हुँदा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
१. २०८१ असोज २४ गते बिहीबार फूलपाती कुछिं भ्वय्
२. २०८१ असोज २५ गते शुक्रवार स्याक्व त्यांक्व 
३. २०८१ असोज २६ गते शनिबार टीका (चाल)

WhatsApp-Image-2024-10-08-at-14.10.03-1728453358.jpeg
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update