Odapalika - The Fourth Estate - चौथो अंग
३० लाख खर्चेर महोत्सव गर्दै हतुवागढी गाउँपालिका 

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका र जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हतुवागढी महोत्सव हुने भएको छ । 

आगामी ३ कात्तिकदेखि सुरु हुने महोत्सव १७ कात्तिकसम्म संचालनहने गाउँपालिकाले जनाएको छ । 

स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बृहत् हतुवागढी महोत्सव गर्न लागिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । 

हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष राईले बताए । 

महोत्सवका क्रममा १५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचोस्थल माइबेँनीबाट     १ हजार ८६५ मिटर उचाइ रहेको सङखाम जोरआहाल हुँदै घोडेटार बजारसम्म २६ किलोमिटर दौड प्रतियोगिता हुनेछ । 

महोत्सवमा कृषिका साथै मारुनी, स्यामुना सिली, लाखे, हुर्रा, डम्फु नाच र वाद्यवादन यन्त्रको प्रदर्शनी हुने अध्यक्ष राई बताउँछन् । 
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update