Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको करः ज्योतिष परामर्शको शुल्क ३ हजार, क्लिनिक खोले १० हजार

काठमाडौं । काठमाडौँ महागर क्षेत्रभित्र परामर्श सेवा प्रदान गर्ने संस्था संचालन गरे वापत शुल्क तिर्नुपर्छ । महानगरले आर्थिक ऐनमा नै व्यवस्था गरेर परामर्श सेवा प्रदान गर्ने संस्थाहरु महानगरमा सुचिकृत हुनुपर्ने र उनीहरुले वार्षिक रुपमा तोकिए बमोजिम शुल्क तिर्नुपर्ने व्यवस्था गरेको हो ।

महानगरले विगतदेखि नै परामर्श सेवा प्रदायक संस्थाहरु सुचिकृत भएर सेवा शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षका लागि महानगरले करका दरमा खासै परिवर्तन नगरेकोले यसपालि तिर्नुपर्ने शुल्क तथा राजस्व विगत आर्थिक वर्षको बराबर नै छ ।

चालु आर्थिक वर्षको आर्थिक ऐनका अनुसार परामर्श सेवाको शुल्क सबैभन्दा कम वार्षिक १ हजार रुपैयाँ र सबैभन्दा बढी वार्षिक ५० हजार रुपैयाँ छ । महानगरका अनुसार १ हजार रुपैयाँ परामर्श शुल्क तोकिएको स्वदेशी गैरसरकारी संस्था दर्ता तथा नवीकरण र कृषि परामर्श सेवाको हो । लेखापढी फर्मको सेवा शुल्क वार्षिक २ हजार रुपैयाँ तोकिएको छ । यस्तै, बीमा एजेन्ट, लेखापरीक्षकको फर्म (घ वर्ग), कानुन व्यवसायीहरुको ल फर्म, ज्योतिष परामर्श सेवा, अनुसन्धान तथा परामर्श सल्लाहकार व्यक्ति र २५ लाख रुपैयाँसम्म पुँजी भएको स्वदेशी अनुसन्धान तथा परामर्शदाताको वार्षिक सेवा शुल्क ३ हजार रुपैयाँ छ । 

महानगरले सबैभन्दा बढी शुल्क लिने भनेको वार्षिक ५० हजार रुपैयाँ हो । विदेशी अनुसन्धानकर्ता परामर्शदाता सल्लाहकार संस्थाले वार्षिक ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।

यस्तै, अन्तराष्ट्रिय गैरसरकारी संस्थाको दर्ता तथा नवीकरणमा वार्षिक १५ हजार, बैदेृशिक रोजगार परामर्श सेवाको २५ हजार तथा बैदेशिक शिक्षा परामर्श सेवाको १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने महानगरको कानुनमा उल्लेख छ ।

paramarsha-tax-1729072329.jpg

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update