Odapalika - The Fourth Estate - चौथो अंग
वडाअध्यक्षलाई जिम्मेवारी सुम्पिएर मेयर लण्डन उडेपछि कांग्रेसबाहेकका दलको यस्तो प्रतिकृया 

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले कानुनविपरित वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको भन्दै धरानका राजनीतिक दलहरुले चर्को आलोचना गरेका छन् । 

मेयर साम्पाङले ससुराली तिरको नाता पर्ने नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । 

स्थानीय सरकार संचालन ऐनलगायतका प्रचलित कानुनले मेयर या अध्यष सात दिनभन्दा बढी कार्यालयमा अनुपस्थित रहेमा उपाध्यक्ष या उपप्रमुखलाई कार्यवाहक दिनुपर्ने व्यवस्था गरेको छ । 

तर साम्पाङले भने यो व्यवस्थालाई चुनौती दिदै वडाअध्यक्षलाई कार्यवाहक दिएर हिडेका छन् । 

कार्यवाहक नदिएको भन्दै उपप्रमुख अइन्द्रविक्रम बेघाले अदालत जाने बताइसकेका छन् । 

अदालतले यसअघि यसरी वडाअध्यक्ष्लाई दिइएको कार्यवाहक कार्यान्वयन नगर्न पटक पटक आदेश दिइसकेको छ । 

यो थाहा पाउँदा पाउँदै मेयर साम्पाङले कानुन मिचेर बलजफ्ती गरेको भन्दै कांग्रेस बाहेकका दलहरुले विज्ञप्तिमार्फत विरोध जनाएका हुन् । 

यस्तो छ उनीहरुको विज्ञप्ति 

dharan-dal-bigyapti-e1729071126440-1729073770.jpg
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update