Odapalika - The Fourth Estate - चौथो अंग
उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता हुने 

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनले १८ भदौमा नेपाल प्रज्ञा भवन कमलादीमा प्रतियोगिताको पाँचौ संस्करण आयोजना गर्ने जानकारी दिएको हो । 

लोकनृत्य प्रतियोगितामा प्रत्येक विद्यालयले प्रवेश शुल्क ५ हजार तिर्नुपर्ने छ भने विद्यालयहरुले प्रतियोगितामा कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई राखी कम्तिमा ८ देखि २४ जनाको समूहमा बढीमा ५ मिनेट भित्र नृत्य प्रस्तुत गर्न सक्छन् ।

प्रतियोगितामा ७५ विद्यालयका विद्यार्थी सहभागी हुने आयोजकले जानकारी दिएको छ ।  प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत संगीत नेपाली लोककला, रीतिरिवाज साथै सम्बन्धित संस्कृतिको मौलिकता झल्कने नृत्यलाई मात्र सहभागी गराईने छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update