Odapalika - The Fourth Estate - चौथो अंग
यी हुन् सबैभन्दा बढी भ्रष्टाचारको उजुरी परेका १० स्थानीय तह 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा बढी भ्रष्टाचार र अनियमितताको उजुरी कास्कीको पोखरा महानगरपालिकाविरुद्ध परेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/०८१ को ३४औँ वार्षिक प्रतिवेदनअनुसार पोखरा महानगरविरुद्ध सबैभन्दा बढी भ्रष्टाचार र अनियमितताका ३५९ उजुरी परेका छन् । 

यसैगरी, काठमाडौँको काठमाडौँ महानगरपालिकाविरुद्ध २७५, बाराको पचरौता नगरपालिकाविरुद्ध २४६, बाराकै सुवर्ण गाउँपालिकाविरुद्ध २१९, धनुषाको जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध १७६, पर्साको छिपहरमाई गाउँपालिकाविरुद्ध १३२, कपिलवस्तुको कष्णनगर नगरपालिकाविरुद्ध १३१, महोत्तरीको जलेश्वर नगरपालिकाविरुद्ध १२५, रौतहटको राजपुर नगरपालिकाविरुद्ध १२२ र मकवानपुर उपमहानगरपालिकाविरुद्ध १२२ वटा भ्रष्टाचा र अनियमितताका उजुरी परेका छन् । 

cia-1729242749.JPG
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update