Odapalika - The Fourth Estate - चौथो अंग
स्थायी आवास निर्माण गर्न ३४ स्थानीय तहको भौगर्भिक अध्ययन, ४९ स्थानमा पूर्वसूचना प्रणाली जडान

काठमाडौं । गत असोज ११ र १२ गते आएको बाढीपहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न संघीय सरकारले भौगर्भिक अध्ययन सुरु गरेको जनाएको छ । 

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा गृहसचिव गोकर्णमणि दवाडीले विभिन्न ३४ स्थानीय तहको जोखिमयुक्त बस्तीमा भौगर्भिक अध्ययन सम्पन्न गरिएको जानकारी दिए ।  

प्राकृतिक विपद् जोखिम रहेका सुर्खेत, सिन्धुपाल्चोक, झापा, महोत्तरीलगायतका ४९ स्थानमा पूर्व सूचना प्रणाली जडान गरिएको जानकारी दिँदै गृहसचिव दवाडीले विपद् पूर्व तयारी, खोज, उद्धार र राहतका लागि स्थानीय तहमा स्वयंसेवक ब्युरो गठन गरिएको र हालसम्म ब्युरोमा एक लाख एक हजार दुई सय ८८ जना स्वयम्सेवक दर्ता भइसकेको जानकारी गराए । 

बैठकमा सांसदहरुले हरेक वर्ष कुनै न कुनै प्राकृतिक प्रकोप आइरहने हुनाले सरकारले प्रकोपको सामना गर्न प्रशस्त बजेट व्यवस्थापन समेत भएको बताएका छन् । 

शुक्रबार समितिले गृह मन्त्रालयसँग विपद व्यवस्थापन सम्बन्धमा छलफल गरेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update