Odapalika - The Fourth Estate - चौथो अंग
रुबि भ्यालीमा शिबको २२ फिट अग्लो मूर्ति स्थापना 

धादिङ । धादिङको रुबि भ्याली गाउँपालिका ४ बोराङ थालगाङ डांडामा भगवान शिबको मूर्ति स्थापना गरिएको छ । 

२२ फिट अग्लो ७०० टन  तौल भएको ढुङ्गाबाट निर्माण गरिएको भगवान शिवको मूर्तिको बिहीबार सिद्ध योगी बाबा श्री १००८ परमहंस कालीदासजी महाराजबाट समुद्घाटन तथा प्राण प्रतिस्थापन सम्पन्न भएको छ । 

मूर्ति समुद्घाटनका अवसरमा कालीदासी महाराजसँगै आएका भारतीय पाहुनाहरु,राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङ, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन थापा, बोर्डका सदस्यहरु, कोष परिवार र यस कार्यमा बिशेष योगदान गर्ने फिलिम तामाङको उपस्थिति थियो ।

उदघाट्नका अवसरमा भेला भएका अतिथिहरुलाई गाउँका मुखियाहरु, गाउँ पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष रसदस्यहरु, लामारझाक्रीहरु, विद्यालयका शिक्षक रविद्यार्थीहरु  र गाउँलेहरुले परम्परागत शैलीमा भब्य स्वागत गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update