Odapalika - The Fourth Estate - चौथो अंग
नेपालको इतिहासमै सबैभन्दो महंगो बन्यो सुन, यस्तो छ आजको भाउ 

काठमाडौँ । साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । 

आइतबार एकै दिन प्रतितोला ६०० रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रति तोला १ लाख ६५ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख ६४ हजार ४ सय    रूपैयाँ कायम भएको थियो ।

यस्तै आजचाँदीको मूल्य पनि ९५ रूपैयाँले बढेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज ९५ रूपैयाँले  बढेर २ हजार  ७५ रूपैयाँमा कारोवार भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update