Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृत ३ महिनामा २१ दिन मात्र कार्यालय आएपछि स्थानीय सरकारले गुहार्‍यो प्रधानमन्त्रीलाई 

काठमाडौँ । चितवनको राप्ती नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण शाह नियमित कार्यालयमा उपस्थित नभएकाले दैनिक प्रशासनिक कार्यमा अवरोध पुगेको जनाएको छ । 

प्रमुख प्रशासकीय अधिकृत शाह तीन महिनामा २१ दिनमात्र कार्यालयमा उपस्थित हुँदा नियमित आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएको भन्दै सहजीकरणका लागि राप्ति नगरपालिकाले प्रधानमन्त्रीलाई गुहारेको हाे । 

गएको साउन २८ गते हाजिर भएयता असोज मसान्तसम्म २१ दिन मात्र प्रमुख प्रशासकीय अधिकृत शाह कार्यालय आएको भन्दै नगरपालिकाले प्रधानमन्त्रीसमक्ष नगरपालिकाको नियमित कार्य सञ्चालनको लागि तालुक मन्त्रालय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको छ । 

यही कात्तिक २ गते शमशेर लामाले प्रधानमन्त्रीलाई लेखेको पत्रमा प्रमुख प्रशासकीय अधिकृत शाह नियमित कार्यालयमा उपस्थित नहुँदा दैनिक आर्थिक तथा प्रशासनिकसहित कर्मचारीहरुको मासिक तलब भत्ता र नियमित गर्नुपर्ने भुक्तानी समेत नभएकाले नगरपालिकाको नियमित कार्य सञ्चालनको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आवश्यक सहजीकरण गरिदिन आग्रह गरिएको छ । 

उक्त पत्रमा प्रमुख प्रशासकीय अधिकृत शाह साउनमा ३ दिन, भदौ ९ दिन र असोजमा ९ दिनमात्र कार्यालयमा उपििस्थत भएको उल्लेख गरिएको छ । 

यस्तो लेखिएको छ पत्रमा 

मिति २०८१/०७/०२

सम्माननीय प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरवार, काठमाडौं ।

विषयः सहजीकरण सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र संख्या ०८१०८२ च नं २४ मिति २०६१।०४।११ को पत्रानुसार यस राप्ती नगरपालिका चितवनमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आउनु भएका श्री सत्यनारायण शाह (क.स.नं. १५९९६८) मिति २०६१।०४।२८ मा हाजिर हुनुभएको र त्यस पछि साउन महिनामा जम्मा ३ (तिन) दिन, भदौ महिनामा जम्मा ९ (नौ) दिन असोज महिनामा जम्मा ९ (नौ) दिन गरि हालसम्म जम्मा २१ (एक्काइस) दिन हाजिर हुनुभएको र अन्य दिनहरुमा नगरपालिकामा अनुपस्थित हुदा नगरपालिकाको नियमित आर्थिक तथा प्रशासनिक कार्य समेत प्रभावित भएको साथै कर्मचारीहरुको मासिक तलव भत्ता र नियमित गर्नुपर्ने भुक्तानी समेत नभएकाले नगरपालिकाको नियमित कार्य संचालनको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आवश्यक सहजिकरण गरिदिनुहुन सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत अनुरोध गर्दछु ।

शमशेर लामा
नगर प्रमुख

rapti-1729406749.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update