Odapalika - The Fourth Estate - चौथो अंग
मन्त्री सिंहका १०० दिन : धरहरा सञ्चालन, २५ स्थानीय तहको भवन निर्माण

काठमाडौँ। उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको १०० दिनका उपलब्धिहरु सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेर सय दिनका उपलब्धिहरुलाई बुँदागत रुपमा सार्वजनिक गरेका हुन् ।

सिंहले धरहरा निःशुल्क रूपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरूको प्रचारप्रसार कम भएकोप्रति असन्तुष्टि पनि जनाए । उनले धरहरा परिसरमा वेसमेन्ट पार्किङ र बगैंचा निर्माण गरी संविधान दिवसका दिनदेखि सर्वसाधारणका लागि खुला गरिएको जानकारी दिए ।

प्राकृतिक विपत्तिमा परेका नागरिकहरुका लागि आश्रय स्थल उपलब्ध गराएको, विभिन्न जिल्लामा स्वास्थ्य भवन निर्माण गरेको, जाजरकोट र रुकुमपूर्वमा भूकम्पबाट क्षतिग्रस्त भवन तथा स्वस्थ्य भवनहरुको पुनर्निर्माण गरेको, भैंसेपाटीमा मन्त्री आवाज निर्माण सम्पन्न गरी बसोबास सुरु गरिएको, झापाको दमकमा दमक व्यापारिक कम्प्लेक्स र चितवनमा सौराह सभाहल निर्माण सम्पन्न गरेको जानकारी गराइयो ।

त्यस्तै थापाथलीस्थिति नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको साथै २५ स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update