Odapalika - The Fourth Estate - चौथो अंग
सिद्धार्थनगर नगरपालिकाको घुम्ती शिविर, व्यवसाय दर्तादेखि नवीकरणसम्म गर्न सकिने

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकाले उद्योगी व्यवसायीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घुुम्ती शिविर सुुरू गरेको छ । 

नगर क्षेत्रभित्र रहेका उद्योग एवंम व्यवसाय फर्मको दर्ता, व्यवसायकर, नवीकरणसम्बन्धी सबै सेवा वडा, टोलबाट प्रधान गर्ने गरी शिविर सञ्चालनमा ल्याइएको नगरपालिकाका राजश्व शाखा प्रमुख कमलकान्त खनालले जानकारी दिए । 

उनका अनुसार आइतबारबाट सुरू गरिएको यो शिविर आगामी मंसिर २४ गतेसम्म विभिन्न वडाहरूमा सञ्चालन हुनेछ । शिविर सबै वडास्तरमा सञ्चालन गरिनेछ । शिविरको आइतबार वडा नं ७ मा सुुरुवात गर्दै सिद्धार्थनर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले दर्ता, ईजाजत नलिई सञ्चालन भइरहेका वा लामो समयदेखि नवीकरण नगरेका व्यवसायीलाई घुम्ती शिविरमार्फत लाभ लिन आग्रह गरे । 

उनले व्यवसाय कर दर्ता नभएका वा व्यवसाय कर बक्यौता बुुझाउन बाँकी रहेका फर्महरुलाई आगामी पुस मसान्तसम्मको लागि लाग्ने जरिमानामा शतप्रतिशत र करमा आंशिक छुट समेत रहेकाले समयमा नै उक्त छुट सुविधाको उपभोग गर्न समेत आग्रह गरे । शिविर कात्तिक ४ देखि ६ गतेसम्म वडा नं ७, ७ देखि ९ गतेसम्म वडा नं ९, ११ देखि १२ गतेसम्म वडा नं २, २७ देखि २९ गतेसम्म वडा नं ८ मा सञ्चालन हुुनेछ ।

त्यस्तै मसिंर २ देखि ४ गतेसम्म वडा ६, ५ देखि ७ गतेसम्म वडा नं १२, ९ देखि ११ गतेसम्म वडा नं ५ र १३ तथा मंिसर १२ गते वडा नं ११ मा सञ्चालन हुनेछ । त्यस्तै मंसिर १३ गते वडा नं १०, १४ र १६ गते वडा नं ४, र १७, १९ र २० गते वडा नं ३ मा सञ्चालन हुनेछ । मंसिर २१, २३ र २४ गते वडा नं १ मा शिविर सञ्चालन हुनेछ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update