Odapalika - The Fourth Estate - चौथो अंग
एक दिनमै किलोमा १०० रुपैयाँ बढ्यो साग, अन्य तरकारीको मूल्य कति ? 

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । 

आज गोलभेंडाको मूल्य बढेर १४० रुपैयाँ पुगेको छ । हिजो १३५ रुपैयाँ रहेको गोलभेंडा ५ रुपैयाँले बढेको हो ।हरियो लसुन भने ५० रुपैयाँले सस्तिएको छ । आज २७६ मा कारोबार भइरहेकामा हिजो यसको मूल्य ३२६ रुपैयाँ थियो । 

त्यस्तै, चमसुरको साग किलोमा १०० रुपैयाँले बढेको छ । हिजो १२६ मा बिक्री भएको चमसुरको साग आज २२६ रुपैयाँ पुगेको छ । 

यस्तै आलु रातोको ८५, मुला रातोको ५० रुपैयाँ कायम भएको छ । यसैगरी टाटे सिमीको ८०, चिचिण्डोको ५०, लौकाको ५०, अनारको ४००, जुनारको ३०० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update