काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गुल्मीको वडा वडामा पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत् वितरण गरिँदै आएको राष्ट्रिय परिचयपत्र अब वडा वडामा पुगेर दिइन लागेको हो ।
आउँदो कात्तिक ८ गतेबाट वडा वडामा पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्नका लागि विभागले सरोकारवालासँग छलफल गरिसकेको छ ।
गुल्मीको स्थानीय तहमा पुगेर एक लाख २९ हजार ३५९ जनाको विवरण संकलन गरिएको थियो । विभागले स्थानीय तहमा पुगेर संकलन गरिएकाको वडा वडामा पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१ १४:३७
प्रतिक्रिया दिनुहोस्