Odapalika - The Fourth Estate - चौथो अंग
उपनिर्वाचन : ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका मनोनारायणा माझीको उम्मेदवारी घोषणा

मोरङ । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा मनोनारायणा माझीको उम्मेदवारी घोषणा गरेको छ ।

आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि माओवादी केन्द्र  ग्रामथान गाउँपालिका अध्यक्षमा माझीलाई उठाउने घोषणा गरेको हो । 

सोमबार तेतरीया बजारमा आयोजित उम्मेदवार घोषणा कार्यक्रममार्फत् माओवादीले माझीको नाम अघि सारेको हो । 

कांग्रेस छाडेर माओवादीमा प्रवेश गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेका माझी २०७४ सालमा फोरम लोकतान्त्रिकबाट ग्रामथान गाउँपालिकाको १ नम्बर वडाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 

साथै २०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडामा अध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, उनी पराजित भएका थिए । सो बेला तेस्रो बनेका माझी मंसिरमा हुन लागेको उपनिर्वाचनमा पालिका अध्यक्षमै उम्मेदवारी घोषणा गरेका हुन् । 

२०७९ सालको निर्वाचनमा कांग्रेसबाट सो पालिका अध्यक्षमा निर्वाचित जयप्रकाश गच्छदारको हृदयाघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update