Odapalika - The Fourth Estate - चौथो अंग
शनिवार यी पालिकामा भेटिने छन् माओवादीका २२ पदाधिकारी, उपत्यकामा मात्र ८ नेताको भाषण 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भोलिदेखि सुरु हुने ३ महिने अभियानका लागि सबै पदाधिकारीरलाइ विभिन्न स्थानीय तहमा खटाएको छ । 

माओवादी केन्द्रका अनुसार अध्यक्ष पुष्पकमल दाहालदेखि कोषाध्यक्ष श्रीराम ढकालसम्मका नेताका लागि अभियान उद्घाटन गर्ने पालिकाको भागवण्डा गरेको छ । 

यी दुबै नेता काठमाडौंँको चन्द्रागिरि नगरपालिका पुग्दा सूदुरपश्चिममा भने जम्मा एक जना नेता (सचिव डिलाराम आचार्य)लाई खटाएको छ । 

३ महिने उद्घाटनको जिम्मेवारी पाएका पदाधिकारीहरुमध्ये ८ जना त काठमाडौँ उपत्यकामा मात्र केन्द्रीत हुने देखिएको छ । अधिकांश पदाधिकारीहरुलाई आफ्ने निर्वाचन क्षेत्र र गृहनगरमा खटाइएको माओवादीले जनाएको छ । 

उपत्यकाको काठमाडौँमा मात्र ६ जना पदाधिकारीले विभिन्न पालिका पुगेर कार्यक्रमको उद्घाटन गर्ने तय भएको छ । २२ मध्ये ६ पदाधिकारी काठमाडौंँ, २ जना ललितपुर पुग्दा भक्तपुरमा भने एउटा पनि नेता खटिएका छैनन् । 

कुन नेता कुन पालिका पुग्दै छन् हेर्नुहोस् 

maobadi neta1693563697.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update