Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरले सरसफाइ अभियान चलाउने

ललितपुर । ललितपुर महानगरपालिकाले आउँदो शनिबार अविरल वर्षाका कारणले भएको फोहोर र क्षतिको सरसफाइ गर्ने भएको छ । 

सोमबार ललितपुरमा आयोजित कार्यक्रममा ललितपुर महानगररपालिकाका प्रमुख चिरिबाबु महर्जनले अविरल वर्षाका कारणले शहरको सौन्दर्य र वातावरणमा असर परेको हुँदा सरोकारवाला निकाय र संघ संस्थाहरु समेतको सहकार्यमा सरसफाई गर्न लागेको जानकारी दिएका छन् । 

उनले भने, ‘असोज ११ र १२ को बाढीले जति पनि सामान बगाएर ल्यायो छ, त्यो छरिएर बसेको छ । जसले गर्दा लाज लाग्ने भएको छ । यति समय भइसक्दा पनि त्यो ठाउँमा कसैले सफाइ अभियान चलाएको छैन् । सबैलाई सफाइ अभियानमा भाग लिएर ललितपुर महानगरपालिकालाई हिजोकै अवस्थामा लान अनुरोध गर्दछु ।’ 

यसको साथै, उनले विपत्‌बाट सिकेर अब पर्नसक्ने जोखिमको तयार हुनुपर्ने भन्दै सबैजना एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।  
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update