Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचनः ग्रामथानमा कांग्रेससँग बदला लिने दाउमा उम्मेदवार दोहोर्‍याएर हारेको एमाले
फाइल तस्विर

काठमाडौँ । निर्वाचन आयोगले १६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन घोषणा गरेलगत्तै स्थानीय तहहरुमा चुनावी सरगर्मी वढ्न थालेको छ । 

२०७९ सालमा भएको निर्वाचनमार्फत बिजयी भएका जनप्रतिनिधिको मृत्युलगायतका कारणबाट २९ स्थानमा पद रिक्त भएपछि आयोगले उपनिर्वाचन गर्न लागेको हो । 

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएपछि सो स्थानमा उपनिर्वाचन हुन लागेको छ । 

आयोगले उपनिवाृचन घोषणा गरेसँगै नेकपा माओवादी केनद्रले अध्यक्षका प्रतिस्पर्धीको तय गरिसहेको छ भने उमालेले भोलि सम्भावित उम्मेदवारका आकांक्षीको नामा जिल्ला कमिटमिा सिफारिस गर्दैछ । कांग्रेसले पनि उम्मेदवार छनौटको अन्तिम गृहकार्यमा रहेको जनाएको छ । 

थारु जातिहरुको बाहुल्य रहेको ग्रामथानमा यहाँ एमाले र कांग्रेसबीच मुख्य टक्कर छ । २०७९ मा भएको स्थानीय तह निर्वाचनमा एकमात्र वडामा जीत हासिल गर्न सफल नेकपा माओवादी केन्द्रले यसपटक नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । 

उनी अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर तेस्रो भएका थिए । त्यसअघि उनी ग्रामथान गाउँपालिका वडा नम्बर १ मा कांग्रेसबका तर्फबाट वडाध्यक्ष थिए । 

मतका हिसावले कांग्रेस भन्दा एमाले अघि भएपनि अघिल्लो पटक एमालेले दोहोर्याएर अध्यक्षको उम्मेदवारी दिएका कारण कांग्रेसले अध्यक्ष जितेको थियो । उपाध्यक्षसहित ५ वटा वडामा भने एमालेले जितेको थियो । 

चुनाव घोषणा भउसँगै दलहरुले एक्लाएक्लै प्रतिस्पर्धा गर्ने तयारी थालेको वडा नम्बर २ का वडा अध्यक्ष यादव खतिवडा बताउँछन् । 

पूर्वबैंकरसमेत रहेका खतिवडा एमालेका तर्फबाट निर्वाचित वडाअध्यक्ष हुन् । उनका अनुसार यसपटक पनि अध्यक्षमा एमाले र कांग्रेसकै टक्कर हुनेछ । 

२०७८ को जनगणना अनुसार ग्रामथान गाउँपालिकाको कुल जनसंख्या ३६ हजार २४  छ भने यहाँ ९ हजार ३७७ घरधुरी धन् । 

२७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका झोराहट, मोतीपुर, तेतरीया, सिद्राहा, बनिगामा र लखन्तरी गाविसहरू ग्रामथानमा गाभिएका थिए । यसरी गाभिएर बनेको यो पालिका थारु बाहुल्य क्षेत्रका रुपमा चिनिन्छ । 

यस्तो छ २०७९ को चुनावी अंकगणित 

ग्रामथान गाउँपालिकाका ७ वडा वडामध्ये २०७९ सालको स्थानीय तह निर्वाचनमा ५ वटा वडाका अध्यक्षमा एमालेले जित्दा कांग्रेसले एक र नेकपा माओवादी केन्द्रले १ वडा जितेको थियो । 

गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवारलाई १५१२ मतले पछि पार्दै कांग्रेसले जित्दा वडाको मतमा भने एमाले माथि छ । एमालेले वडाअध्यक्षमा ६८५४ मत ल्याउँदा कांग्रेसले ५५३७ मत ल्याएको थियो । 

एमालेले वडागत मतमा कांग्रेस भन्दा १३१३ मतले अगाडि भए पनि पालिका अध्यक्षमा भने एमालेका उम्मेदवार कांग्रेसका उम्मेदवारसँग १५१२ मतले हारे । 

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ मा ग्रामथान गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार जयप्रकाश गच्छदार थारु ७६०५ मत ल्याई विजयी भएका थिए । 

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शिवनारायण माझी थारुलाई १५१२ मतान्तरले पराजित गरेका थिए । थारुले ६०९३ मत पाएका थिए ।

यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार गुणावतीदेवी थारु ६,१२३ मत सहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार भुखनीकुमारी माँझीले ५४४८ मत  पाएकी थिइन् । 

७ वडा बडामध्ये वडा १ मा कांग्रेसका सुरेश माझीले ७१८ मत ल्याएर बिजयी हुँदा एमालेका सत्यनारायण माझीले ७०९ मत पाएका थिए । 

वडा २ मा एमालेका यादव खतिवडाले १३९६ मत पाएर बिजयी बन्दा कांग्रेसका प्रकश माझीले ११९९ मत पाएका थिए । 

वडा नम्बर ३ मा माओवादी केन्द्रका रमेश कुमार भगतले ६७४ मत ल्याएर बिजयी बन्दा कांग्रेसले ४७८ र एमालेका उम्मेदवारले ४५१ मत पाएका थिए ।  

वडा नम्बर ४ मा एमालेका बद्री नारायण माझीले १०९३ मत ल्याएर जित्दा कांग्रेसका बैजनाथ विश्वासले ७८३ ल्याए । यहाँ माओवादी दोस्रो भएको थियो । 

वडा नम्बर ५ मा एमालेका भेषनारारायण चौधरी ११५९ मत ल्याएर बिजयी बन्दा कांग्रेसका छेपधरण चौधरीले ६३७ मत पाए । 

वडा नम्बर ६ मा एमालेका विरनारायण चौधरी ८८३ मत ल्याएर बिजयी बन्दा कांग्रेसका संजय कुमार माझी ८६५ मत ल्याए । 

वडा नम्बर ७ मा एमालेका विरेन्द्र चौधरीले १०७३ मत ल्याएर बिजयी बन्दा कांग्रेसका रमेश कुमार माझी थारुले ८५७ मत पाएका थिए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update