Odapalika - The Fourth Estate - चौथो अंग
बागमती प्रदेशको पहिलो खुला स्केट च्याम्पियनसिप सम्पन्न , कसले कुन पुरस्कार पाए ?

काठमाडौँ । बागमती प्रदेशको पहिलो खुला स्केट च्याम्पियनसिप सकिएकाे छ । बागमती प्रदेश स्केटिङकाे र स्केटबोर्डिङ संघकाे आयाेजना र नेपाल स्केटिङ र स्केटबोर्डिङ सघं र नेपाल स्केट क्लबकाे सहआयाेजनामा दुई दिन साेमबार र मंगलबार भएकाे थियाे । 

थापाथली क्याम्पसबाट पुल्चोक क्याम्पस र त्यसपछि होस्टलतर्फ रोलर स्केटिङको र्‍यालीको रूपमा आयोजना गरिएको थियो भने स्केटबोर्डिङ क्याम्पस गेटदेखि होस्टलसम्म गरिएको थियो । उत्कृष्ट ट्रिकका लागि रामचन्द्र कोइराला हेड जजका रूपमा र रोलर स्केटका सबै खेलहरूको लागि रोनित पुजारी, सुजीत देउला, राजु नेपाली र गजेन्द्र बर्देवा महिलाका खेलहरूको लागि जजको रूपमा रहेका थिए।

पुरुषहरूको स्केटको खेलमा बसन्त राई विजयी हुँदै १२ हजार ५०० को शीर्ष पुरस्कार जिते। त्यसपछि सरद कुमार राईले दोस्रो स्थान हासिल गरेर ६,हजार नगद पुरस्कार प्राप्त गरे। सरोज मगरले तेस्रो स्थानमा हासिल गरेर ४ हजार रुपैयाँ जिते भने विनोद कार्कीले चौथो स्थान हासिल गरेर २ हजार हात पारे ।

उत्कृष्ट ट्रिक श्रेणीमा अद्भुत स्टन्टहरू देखिएर उशान आले मगरले आफ्नो उत्कृष्ट प्रदर्शन देखाएर १२ हजार ५०० को पहिलो पुरस्कार जिते। सरद कुमार राईले यहाँ पनि आफ्नो खेल प्रदर्शन गरेर ६ हजार जिते भने जीवन तामाङले तेस्रो स्थान हासिल गरेर ४ हजार हात पारे ।

महिलाहरूको गेम अफ स्केटमा, पहिलो स्थानमा  समीक्षा राई, दोस्रो समिरा राना मगर, र तेस्रो अर्लिन लामाले जनही २५ सय रुपैयाँ प्राप्त गरे।

रोलर स्केट रेसमा पुरुषकाे श्रेणीमा, अर्थ बोहराले २० हजार को शीर्ष पुरस्कार जित्न सफल भए भने राजन मक्राँतीले दोस्रो स्थानमा रहेर १० हजार रुपैयाँ जिते भने विजय खनालले तेस्रो स्थानमा ७५ सय रुपैयाँ जिते, र चौथो भएका सौहर्द श्रेष्ठले  ५ हजार प्राप्त गरे।

महिलाहरूको रेसमा, सन्ध्या आले मगरले ५ हजार रुपैयाँकाे पहिलो पुरस्कार जितिन्। नयना शाक्य र तृष्णा थापा मगरले क्रमशः ३ हजार र २ हजार रुपैयाँसहित दोस्रो र तेस्रो स्थान जिते ।

अन्य गतिविधिहरूमा हाई जंपमा सोनम गुरुङले २५ सयको शीर्ष पुरस्कार जिते, र जिग ज्यागमा सफल थापा मगरले चपलता र सटिकताको लागि २५ सय रुपैयाँ हात पारे । विशेष पहिचानमा, गजेन्द्र बर्देवालाई स्केटबोर्डिङको उत्कृष्ट खेलाडीको रूपमा सम्मानित गरिएकाे थियाे ।  उनको समग्र योगदानको लागि ५ हजार रुपैयाँको पुरस्कार प्राप्त गरे।


 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update