Odapalika - The Fourth Estate - चौथो अंग
जो-सुकै भए पनि सहकारी ठगीलाई कारबाही गर्छाैँ : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने बताएका छन् । 

बुधबार सरकार सम्हालेको १०० दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले सहकारीको रकम ठगी गर्ने जोसुकै भए पनि कारबाही गर्ने चेतावनी दिएका छन् । 

‘सहकारीको रकम ठगी गर्ने जोसुकैलाई सरकारले कारबाही गर्छ । कानुनको दायरामा ल्याएरै छाड्छ,’ प्रधानमन्त्री ओलीले भने । 

सहकारी ठगीलाई कारबाही गर्ने मात्र होइन बचतकर्ताको रकम फिर्ता गराउने उनले बताए । सहकारीको रकम ठगीलाई कारबाही गर्दा भ्रष्टाचारीको मोर्चाबन्दी हुनु स्वाभाविक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । 

सहकारी ठगीमा संलग्न ६०० जना कानुनको दायरामा ल्याएको र ५७५ जना जेलमा रहेका उनको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update