काठमाडौँ । नेपाल सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई दिने रकम वृद्धि गरेको छ ।
बुधबार सरकार सम्हालेको १०० दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाको परिवारलाई दिने रकम वृद्धि गरेको जानकारी दिएका हुन् ।
यसअघि सात लाख रुपैयाँ दिँदै आएकोमा तीन लाख रुपैयाँ वृद्धि गरेर १० लाख रुपैयाँ दिने व्यवस्था गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
साथै वैदेशिक रोजगारीका क्रममा बिरामी भएकाले उपचार खर्च लिए पनि उनीहरुको निधन भएमा पीडित परिवारलाई पनि १० लाख रुपैयाँ दिने व्यवस्था गरेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१ १५:४३
प्रतिक्रिया दिनुहोस्