Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाका प्रमुख/उपप्रमुख र सांसदले गुमाए एमालेमा कार्यकारी भूमिका 

काठमाडौँ । नेकपा एमालेले पार्टीका तर्फबाट निर्वाचित मेयर÷उपमेयर र अध्यक्ष उपाध्यक्षलाई पार्टी कमिटीको कार्यकारी भूमिका नदिने भएको छ । 

एक व्यक्ति एक पद नीति भन्दै पार्टीको सचिवालय बैठकले स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी कमिटीको पदाधिकारी (अध्यक्ष र सचिव) को जिम्मेवारी नदिने निर्णय गरेको छ । 

नेताहरुका अनुसार यो व्यवस्था संघीय र प्रदेश सांसदका हकमा समेत लागु हुनेछ । 

पार्टीभित्र एक व्यक्ति एक पदको आवाज दरोसँग उठिरहेका वेला एमालेले निर्वाचित जनप्रतिनिधि र निर्वाचनमार्फत राजकीय जिम्मेवारी सम्हालेका नेताको हकमा यस्तो व्यवस्था गरेको नेताहरुको भनाई छ । 

‘निर्वाचित जनप्रतिनिधिले जनताका काममा व्यस्त हुनुपर्ने भएकाले दोहोरो भूमिका दिदा प्रभावकारी कार्यसम्पादन नहुने भएका कारण सचिवालयले कुनैपनि कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारी नदिने निर्णय गरेको हो,’ एमाले सचिवालयका एक सदस्यले वडापालिकासँग भने । 

उनकाअनुसार यो व्यवस्था पार्टीका सवै कमिटीमा कार्यान्वयन गरिनेछ । 
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update