Odapalika - The Fourth Estate - चौथो अंग
गोकर्णेश्वर नगरपालिका स्तरीय तीज नृत्य प्रतियोगितामा टाइमलाइन स्कुल प्रथम

काठमाडौँ । तीज नृृत्य प्रतियोगितामा टाइमलाइन स्कुुल प्रथम भएको छ । प्याब्सन गोकर्णेश्वर नगर कार्य समितिद्वारा आयोजित तीज नृत्य प्रतियोगितामा स्कुलले आफ्नो उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गर्न सफल भएको हो ।  

गोकर्णेश्वर नगरपालिकाभित्रका प्याब्सन आवद्ध ३१ विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा अरुणज्योति स्कुलले द्वितीय स्थान र विद्याव्यायम स्कुलले तृतीय स्थान हासिल गर्न सफल भएका हुन् । 

प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल टाइमलाइन स्कुुलले नगद १५ हजार रुपैयाँ ट्रफी, मेडल तथा प्रमाण पत्र पाएको छ । यस्तैगरी, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयका छात्राहरुलाई क्रमश १० हजार र ५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र वितरण गरिएको नरपालिकाले जनाएको छ । पालिकाले उत्कृष्ट दशमा पर्न सफल छात्राहरुलाई ट्रफी तथा प्रमाण पत्रले समेत सम्मान गरिएको थियो । 

timeline teej1693632295.jpg
काठमाडौँ जिल्लाको पूर्वोत्तर क्षेत्रमा शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलापमा आफूलाई अब्बल सावित गर्दै अघि बढिरहेको टाइमलाइन स्कुलले यसअघि पनि विभिन्न प्रतियोगिताहरुमा भाग लिँदै आएको छ । विद्यालयका प्रधानाध्यापक रामप्रसाद बडाल विद्यालयले आफ्ना विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाहरुलाई उजागर गर्ने कार्य गर्दै आइरहेको जानकारी दिए । 

उनले उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल छात्राहरुलाई बधाइ दिँदै नृत्य प्रशिक्षक केशव कोइरालालाई धन्यवाद दिईएको बताए । 

प्याब्सन गोकर्णेश्वरका अध्यक्ष डिएन शिवाकोटीको सभापत्तित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सङ्घीय सांसद सन्तोष चालिसे, विशिष्ट अतिथि नगर प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update