Odapalika - The Fourth Estate - चौथो अंग
प्लास्टिकका फूल र माला किनबेच गर्न स्थानीय सरकारको प्रतिबन्ध 

काठमाडाैँ । कैलालीकाे भजनी भजनी नगरपालिकाले प्लास्टिकका माला तथा पुष्प सामाग्री बिक्री गर्न रोक लगाएको छ । सार्वजनिक सूचना नै निकालेर नगरपालिकाले प्लास्टिकका माला तथा पुष्प सामाग्री किनबेचमा प्रतिबन्ध लगाएको हो । 

तिहार तथा छठ पर्वमा प्लास्टिकका माला तथा पुष्प सामाग्री अत्यधिक प्रयोग हुन सक्ने र यस्ता प्लास्टिकजन्य पदार्थको प्रयोग तथा बिसर्जनबाट जनस्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असर पर्ने भन्दै स्थानीय सरकारले प्रयोगमा प्रतिबन्ध लगाएको हो । 

साथै स्थानीयस्तरमा उत्पादित फूलहरुलाई प्रोत्साहन गर्नको लागि शुभ दिपावली तथा छठ पर्वमा प्लास्टिकका माला तथा पुष्प सामाग्री बिक्री वितरण र प्रयोग नगर्न र नगराउन पनि भजनी नगरपालिकाको आह्वान छ । 

‘...महान पर्व शुभ दिपावली तथा छठ पर्वमा प्लास्टिकका माला तथा पुष्प सामाग्री अत्यधिक प्रयोग हुन सक्ने र यस्ता प्लास्टिकजन्य पदार्थको प्रयोग तथा बिसर्जनबाट जनस्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असरलाई मध्यनजर गर्दै प्लास्टिकजन्य पदार्थको प्रयोगलाई न्यूनीकरण गर्न र स्थानीय स्तरमा उत्पादित फूलहरुलाई प्रोत्साहन गर्नको लागि आउदै गरेको महान चाड शुभ दिपावली तथा छठ पर्वमा प्लास्टिकका माला तथा पुष्प सामाग्री बिक्रि बितरण र प्रयोग नगर्न नगराउन हुन नगर भित्रका सम्पूर्ण ब्यापार व्यवसायीहरु तथा सम्पूर्ण नगरवासीहरुमा हार्दिक अनुरोध गरिन्छ,’ मेयर केवल चौधरीद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ । 

प्लास्टिकका फूल तथा माला प्रयोगमा प्रतिबन्ध लगाउने भजनी नगरपालिका पहिलो स्थानीय तह होइन । काठमाडौँ महानगरपालिकासहित केही अन्य स्थानीय तहले पनि प्रतिबन्ध लगाइसकेको छ । 

notice-bhajani-1729746376.jpg
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update