काठमाडौँ । सहकारी ठगी, संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
गत शुक्रबार काठमाडौँबाट पक्राउ गरेर पोखरा लगेर अनुसन्धान गरेको प्रहरीले म्याद थपका लागि बिहीबार अदालत उपस्थित गराएको थियो ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा गत शु्क्रबार पक्राउ परेका उनलाई आइतबार पक्राउ परेको मितिले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।
अदालतले दिएको अनुमतिअनुसार अब प्रहरीले लामिछानेलाई आउँदाने बुधबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।