Odapalika - The Fourth Estate - चौथो अंग
भादगाउँको तिहार कहिले ? यस्तो छ नगरपालिका, नाइके र ज्योतिषको निर्णय

भक्तपुर ।  भक्तपुर नगरपालिकाभित्र यस वर्षको तिहार कहिले मनाउने भन्ने विषयमा सहमति भएको छ ।भक्तपुर नगरपालिकाको पहलमा यस वर्षको स्वन्ती नःखा अर्थात तिहारमा  कार्तिक १४ गते काग तिहार, १५ गते कुकुर तिहार र लक्ष्मी पूजा, १६ गते म्हःपूजा र १७ गते किजा पूजा गरी मनाउन आग्रह गर्ने निर्णय भएको हो । 

भक्तपुर तलेजुका पूजारीहरु, राजोपाध्याय नाइके, जोशी नाइके, कर्मचार्य नाइकेहरु, ज्योतिषविद्लगायतका सरोकारवालाहरुसँग को बैठकले यो निर्णय गरेको हो । 

बैठकले कार्तिक १४ गते बुधबार काग तिहार मनाउने, कार्तिक १५ गते दिनको ३ः१४ बजेसम्म चतुर्दशी तिथि लाग्ने हुँदा कुकुर तिहार र १५ गते दिनको ३ः१४ बजेपछि औंसी तिथि लाग्ने हुंदा लक्ष्मी पुजा मनाउने, कार्तिक १६ गते साँझ ५ः१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकोले म्हःपूजा मनाउने, कार्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकोले भाई टिका (किजा पूजा) मनाउने निर्णय गरेको छ ।

 बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यहरु वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, भनपा ७ का वडाध्यक्ष उकेश कवां, नि. प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठ, प्रशासकीय अधिकृत दामोदर सुवाल, भक्तपुर तलेजुका पूजारीहरु प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य, ज्योतिष वीरेन्द्रप्रसाद कायस्थलगायतको उपस्थिति थियो ।

464543781_923319053184228_1850021192633372665_n-1729762099.jpg
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update