Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृतलाई आयोगको १० बुँदे निर्देशन, सूचना अधिकारी राख्नेदेखि बिदेश पठाउनेसम्मका सर्त

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले देशभकार स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई सूचना अधिकारीको व्यवस्था गर्न निर्देशन दिएको छ । 

आयोगले स्थानीय तहमा सूचनाको हक कार्यान्वयनको अवस्था अध्ययन गरिरहेको भन्दै अधिकांश स्थानीय तहमा यसको अवस्था सन्तोषजनक नभएको बताएको छ । 

आयोगले हरेक स्थानीय तहमा अनिवार्य रुपमा सूचना अधिकारी राख्न र बेग्लै सूचना शाखा स्थापना गर्न भनेको छ । 

एउटा गैरसरकारी संस्थाको सहयोगमा गरेको अध्ययनलाई हवाला दिदै आयोगले कतिपय स्थानीय तहमा सूचनाको हक कार्यान्वयन नभएको भनेको छ । तर देशभरका सबै स्थानीय तहले सूचना अधिकारीको अनिवार्य व्यवस्था भने गरेका छन् । 

आयोगले सूचना अधिकारीलाई तालिम, बैदशिक भ्रमण, अवलोकन भ्रमण लगायतमा प्राथमिकतामा राख्न पनि भनेको छ । 

यस्तो छ निर्देशन


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update