Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः ४ प्रदेशमा दिउसो, ३ प्रदेशमा राति पानी आउन सक्ने 

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य बदली रही मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखासरदर स्थानको उत्तरतिर छ । साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकोले हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

अहिले बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले उल्लेख जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान सँगै बाँकी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको प्रक्षेपण विभागले गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update